काठमाडौं । चाडपर्वको अवसरमा स्मार्टफोन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै टेक्नोले ल्याएको उपहार योजनाअन्तर्गत न्युरोडकी उर्मिला शर्माले चाँदीको चंगा जितेकी छन्। उनले काठमाडौंको न्युरोडस्थित मोबाइल पोइन्टबाट टेक्नो क्यामोन ४० प्रो स्मार्टफोन खरिद गरेकी थिइन्।
‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ योजनाअन्तर्गत ग्राहकले हरेक दिन चाँदीका सिक्का र हरेक हप्ता दुई जनाले चाँदीको चंगा जित्ने अवसर पाउनेछन्। योजनाको अन्त्यमा हुने बम्पर लक्की ड्रमार्फत एक जना भाग्यशाली ग्राहकले पाँच लाख रुपैयाँ बराबरको सुनको चंगा जित्ने कम्पनीले जनाएको छ।
यसैबीच, सुपथ मूल्य र दैनिक प्रयोगका सुविधाका कारण टेक्नोको ‘स्पार्क गो ३’ पनि नेपाली बजारमा ग्राहकको रोजाइमा पर्दै गएको कम्पनीको दाबी छ। यो स्मार्टफोन ४ जीबी र्याम तथा ६४ जीबी भण्डारण क्षमताको मोडल २१ हजार ९९९ रुपैयाँ र ४ जीबी र्याम तथा १२८ जीबी भण्डारण क्षमताको मोडल २५ हजार ९९९ रुपैयाँमा उपलब्ध छ।
फोनमा ६.७४ इन्चको १२० हर्ज डिस्प्ले, ५,००० एमएएच ब्याट्री, १३ मेगापिक्सेल मुख्य क्यामेरा र ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा छन्। साथै, कम्पनीले १०० दिनको रिप्लेसमेन्ट सुविधा र १३ महिनाको आधिकारिक वारेन्टी उपलब्ध गराएको जनाएको छ। रिप्लेसमेन्ट सुविधा तोकिएका सर्तअनुसार लागू हुनेछ।
कम्पनीले चाडपर्वको समयमा स्मार्टफोन खरिदसँगै उपहार जित्ने अवसर लिन ग्राहकलाई आग्रह गरेको छ।

















प्रतिक्रिया