काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाको शपथग्रहण तथा पदबहाली आज गर्दै छन्।
नेपाली कांग्रेसले बडादशैंको फूलपातीका अवसरमा आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा शपथग्रहण कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
महाधिवेशनको मतगणना सम्पन्न भएसँगै सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका लागि कार्यक्रम तय गरिएको हो। समारोहमा सहभागी हुन उपत्यकामा रहेका पार्टीका नेता, कार्यकर्ता तथा सञ्चारकर्मीलाई निमन्त्रणा गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
कांग्रेसले केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण भने दशैंपछि गर्ने जनाएको छ। महाधिवेशनबाट कांग्रेसको २३१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ।
















प्रतिक्रिया