प्रधानमन्त्रीको क्रेजले चम्कियो एनपीएलको महाकुम्भ, खेलभन्दा बालेनमै दर्शकको नजर


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को सोमबारको माहोल क्रिकेटमा मात्र सीमित रहेन। प्रधानमन्त्री बालेन शाहको उपस्थितिले रंगशालामा छुट्टै रौनक थपियो। खेल हेर्न पुगेका हजारौँ दर्शकको नजर खेलसँगै प्रधानमन्त्री बालेनतर्फ पनि केन्द्रित देखियो।

प्रधानमन्त्री रंगशालामा आउने वा नआउने भन्ने कौतूहलबीच उनको आगमन हुँदा दर्शकले हुटिङ र ताली बजाएर भव्य स्वागत गरे। दर्शकको हुटिङपछि बालेनले फ्लाइङ किस दिँदै उद्घाटन गरेका थिए। उनको उपस्थितिले रंगशालाको माहोल थप उत्साहपूर्ण बनेको थियो।

प्रधानमन्त्रीको उपस्थितिका कारण एनपीएलको चर्चा थप चुलिँदा रंगशालामा खेलसँगै उनको आगमन पनि आकर्षणको केन्द्र बन्यो।

यसैबीच, सोमबारको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ। सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।

लुम्बिनीको सहज जितसँगै सोमबारको एनपीएलमा क्रिकेटको प्रतिस्पर्धा र प्रधानमन्त्री बालेनको उपस्थितिले दर्शकका लागि दोहोरो आकर्षण थपेको थियो।