काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानविरुद्ध सैन्य कारबाही अपरिहार्य रहेको बताएका छन् । इजरायली र अमेरिकी सेनाबीच आक्रमणका साझा योजना तयार रहेको र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अन्तिम निर्णय पर्खिएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।
द टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुले इरानमाथि केही दिनसम्म सैन्य कारबाही गर्न अमेरिकी समर्थन जुटाउने प्रयास गरिरहेका छन् । तर, नयाँ सैन्य द्वन्द्वमा संलग्न हुने उनको पहलप्रति अमेरिकी अधिकारीहरूले शङ्का व्यक्त गरेका छन् ।
यसैबीच, इरानले आफूले जैविक तथा रासायनिक हतियार विकास गरिरहेको अमेरिकी आरोप अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले अमेरिकाले इराक युद्धअघि लगाएका अप्रमाणित आरोपकै शैली दोहोर्याएको टिप्पणी गरेका छन् ।
उता, अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार विकास गर्न नदिने प्रतिबद्धता दोहोर्याउँदै आणविक जोखिम घटाउन विश्वका प्रमुख आणविक शक्तिबीच सहकार्य हुनुपर्ने बताएका छन् ।

















प्रतिक्रिया