दुई मन्त्रीसहित ३४ सदस्यीय टोली लिएर प्रधानमन्त्री बालेन आइतबार भारत जाँदै


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आइतबार दुईदिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको भ्रमणबारे औपचारिक जानकारी दिएको हो ।

परराष्ट्र सचिव अमृत राईका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा ३४ जना सदस्य रहनेछन् । टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत प्रस्थान गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।