काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाह आगामी मङ्सिर ६ र ७ गते दुईदिने राजकीय भ्रमणका लागि भारत जाने कार्यक्रम छ । भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् ।

















प्रतिक्रिया