Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

आउँदै गरेको विश्वकपमा अर्जेन्टिनाले जित्न के गर्ला भन्ने प्रश्नमा मेसीले दिए सबैलाई चकित पार्ने जवाफ


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

रसियामा दुई सातापछि विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । ३२ राष्ट्रको सहभागिता रहने विश्वकपमा ठूला राष्ट्रलाई उपाधिको प्रमुख दाबेदारका रूपमा हेरिएको छ । त्यही सूचीमा दुईपटकको विश्व च्याम्पियन अर्जेन्टिना पनि एक हो । साबिक उपविजेता अर्जेन्टिनाका कप्तान लियोनल मेसीले यसपटकको विश्वकपमा आफ्नो टोली दाबेदार नभएको विश्लेषण गरेका छन् । तर, मेसीले अर्जेन्टिनालाई सहभागी राष्ट्रमध्ये सबैभन्दा बलियो मानेका छन् ।

हैटीमाथि ह्याट्रिक
विश्वकपअघिको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बुधबार हैटीलाई ४–० ले पराजित गरेको छ । सो खेलमा मेसीले हैटीविरुद्ध ह्याट्रिक लगाए । अभ्यास खेलमा सानदार सुरुवात गरेको अर्जेन्टिना सन् १९८६ पछि विश्वकप उपाधि जित्ने अभियानमा छ । हैटीसँगको प्रतिस्पर्धापछि कप्तान मेसीले अर्जेन्टिनाको विश्वकप उपाधि जित्ने मौका रहेको बताए । ‘हामीले आफूलाई एक बलियो टोलीका रूपमा लिएका छौँ, अहिलेदेखि नै उपाधि दाबेदार भन्न मिल्दैन, तर हामीसँग उपाधि जित्ने मौका छ,’ उनले भने ।

सबै सहभागी राष्ट्र रसियामा विश्व च्याम्पियन बन्नका लागि गइरहेका छौँ, हामी सबैको एउटै सपना विश्व च्याम्पियन बनी घर फर्कने हो, मैले अर्जेन्टिनालाई उपाधि दाबेदार राष्ट्रका रूपमा लिएको छैन, तर हामी सहभागीमध्ये राम्रो टोली हौँ
-लियोनल मेसी, कप्तान, अर्जेन्टिना

म्याराडोनासँग तुलना नगर्न आग्रह
मेसीले अर्जेन्टिनी लिजेन्डर डिएगो म्याराडोनासँग आफूलाई तुलना नगर्न भनेका छन् । सन् १९८६ मा म्याराडोनाले उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाएका थिए । विश्वकप सुरु हुँदा मेसीलाई म्याराडोनासँग तुलना गरिन्छ । म्याराडोनाको जस्तै कला र क्षमता मेसीसँग रहेको उनका समर्थक बताउने गर्छन् । तर, स्वयं मेसी भने आफूलाई म्याराडोनाको स्थानमा नराख्न आग्रह गर्छन् । ‘कृपया मलाई म्याराडोनासँग तुलना नगर्नुस्,’ मेसीले भने, ‘हामीबीच धेरै अन्तर छ ।’ मेसीले राष्ट्रिय टोलीबाट ६८ गोल पु-याएका छन् । नयाँ पत्रिकामा खबर छ ।

विश्व च्याम्पियन हुने सपना
मेसीले सहभागी ३२ राष्ट्र नै विश्व च्याम्पियन हुने आकांक्षाका साथ रसियामा पुगेको बताएका छन् । विश्व च्याम्पियन हुन धेरै मिहिनेत गर्नुपर्ने उनको भनाइ छ । ‘हामी सबै सहभागी राष्ट्र रसियामा विश्व च्याम्पियन बन्नका लागि गइरहेका छौँ,’ उनले भने, ‘सबैको एउटै सपना छ, रसियामा विश्व च्याम्पियन बनी घर फर्कने ।’ मेसीले दिन प्रतिदिन अर्जेन्टिनी टोलीको खेलमा सुधार आएको जनाएका छन् । ‘खेलाडीले प्रत्येक दिन खेलमा सुधार गरिरहेका छन्, साथीहरूले मिहिनेत पनि गरिरहेका छन्,’ उनले भने, ‘टोलीमा यसपटक धेरै राम्रा खेलाडी छन्, सबैको स्तर समान छ ।’