प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गर्नुभएको छ । पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि झूटाे आरोप लगाइएकाे बताउनु भएकाे हाे ।
स्विस कम्पनीले समेत अडियो सार्वजनिक गर्ने विजय मिश्र आफ्नो प्रतिनिधि (एजेण्ट) नभएको भनेकाले बाँस्काेटामाथिकाे आराेपमा कुनै सत्यता नभएको उहाँले बताउनुभयो।
उहाँले भन्नुभयो, ‘मेरो बारेमा प्रश्न उठेको हुनाले राजीनामा गर्छु भनेर गोकुल बाँस्कोटाले राजीनामा गर्नुभयो । हामीले राजीनामा स्वीकृत गरेका छौँ । उहाँले मेरो आवाज होइन, मेरो आवाज होइन भनिरहनुभएको छ । त्यसमा कुनै प्रमाण नै छैन् । आफ्नो नाउँमा बात लागेको हुनाले राजिनामा दिनुभएकाे हाे । तर भ्रष्टाचार गरेको प्रमाणित भएझैँ गरेर आएको छ ।’
बाँस्कोटालाई भ्रष्टाचारको उजुरी, मुद्दा केही छैन
पूर्व मन्त्री बाँस्कोटाको बचाउमा प्रम ओली– उहाँमाथि आरोप, मुद्दा केही छैन
Posted by उज्यालो । Ujyaalo on Thursday, 27 February 2020
उहाँले आफ्नो नाममा पनि उजुरी परेको भन्दै उहाँले भन्नुभयाे ‘दोष प्रमाणित नहुँदै आरोप पनि चलेको छैन, मुद्दापनि चलेको छैन मेरो पनि उजुरी हालेको छ भन्ने सुनेको छु । त्यो उजुरी काम नलाग्ने पत्रु उजुरी हो । त्यो भ्रष्ट उजुरी हो ।’
उहाँले अन्य पार्टीहरुले आफ्नो नेतामाथि मुद्दा चलेपछि संसद अवरुद्ध गर्ने, माइतीघरमा हुल बनाएर उफ्रिने गरेको उल्लेख गर्दै आफ्नो पार्टीभित्र कसैलाई झूटाे आरोप लाग्यो भने पनि आहा क्या मजा भन्दै हिँड्ने गरेको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री ओलीले पार्टीलाई बदनाम गर्न सरकारलाई बदनाम गर्न र नेताहरुको चरित्र हत्या गर्न संगठित प्रयासहरु भएको समेत बताउनुभएको छ ।
प्रतिक्रिया