नायिका आँचल शर्माले आफ्नो प्रेमी डा उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् । उनीहरु केही समय अघि देखि प्रेम सम्बन्धमा थिए । चलचित्र ‘नाई नभन्नु ल–४’ बाट चलचित्रमा अभिनयको यात्रा आरम्भ गरेकी अभिनेत्री आँचलले छोटो समयमा नै फिल्मी क्षेत्रमा आफ्नो राम्रो छाप छोडेकी छन् । उनले चितवन निवासी डा। श्रेष्ठसँग सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा आफ्ना केही आफन्त र साथीभाइहरुको उपस्थितिमा इन्गेजमेन्ट गरेकी हुन्। उनीहरुले एक अर्कालाई औंठी लगाएर छिटैनै विवाह गर्ने बाचा गरेका हुन् । उनीहरुको फागुन २९ गते विवाह हुने बताइएको छ।
इन्गेजमेन्टमा आँचलले लेहेङ्गा लगाएकी थिइन् । दुइको परिवार मात्र सहभागी भएको समारोहलाई विशेष बनाउन उनीहरुले कुनै कसर बाँकी राखेनन् । आँचल लेहेङ्गमा निकै खुलेकी थिइन् । टाउकामा ताज लगाएकी आँचल उदिपसँग खुशी देखिएकी थिइन् ।
पलले दिए आँचललाई विवाहको शुभकामना आँचलको विवाह हुन लागेको थाहा पाउँदा खुसी व्यक्त गर्दै उनले भने, “दर्शकहरूले आँप जोडीलाई मन पराइदिनु भयो यो खुसीको कुरा हो ।
कत्तिलाई त हामी साँच्चैको पनि जोडी हो भनेर सोच्नु भएको छ जुन गलत थियो ।हामी मिल्ने साथी मात्र हौँ र हाम्रो जोडी फिल्म र भिडियोमा मात्र सीमित भएको हो । आँचलले विवाह गर्दै हुनुहुन्छ जुन खुसीको कुरा हो । आँचललाई विवाह बन्धनमा बाँधिन लागेकोमा शुभकामना दिन चाहन्छु” ।
प्रतिक्रिया