जापानी महिला केन तनाकाले गएको आइतबार ११७ औँ जन्मदिन मनाएकी छिन् । उनी विश्वमा सबैभन्दा जेठी महिला हुन् । उनले आफ्ना साथी र आफन्तहरुसँग जापानको फुकुओकाको एउटा नर्सिङ होममा जन्मदिन मनाएकी हुन् । उनी सन् १९०३ मा जन्मिएकी हुन् । उनले गत वर्षमा नै ११६ वर्ष ६६ दिन बाँचेपछि गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा आफ्नो नाम लेखाएकी थिइन् ।
आठ दिदीभाइमा उनी सातौं सन्तान हुन् । १९ वर्षको उमेरमा उनको हिदेओ तनाकासँग विवाह भएको थियो । उनका चार सन्तान छन् । उनले पछि एक सन्तानलाई एडप्ट पनि गरेकी थिइन् । तनाकालाई कोलेरेक्टल क्यान्सर पनि भएको थियो । तर, उनले यसलाई पनि जितिन् र अहिले विश्वमै सबैभन्दा जेठी महिलाको रेकर्ड बनाएकी छिन् ।
प्रतिक्रिया