बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले आफ्नो उपचारमा खटिरहेका ती डाक्टर र नर्सप्रति जीवनभरी कृतज्ञ रहने बताएका छन् ।
उनले शनिबार एक वक्तव्य जारी गर्दै नेशनल हेल्थ सर्भिस (एनएचएस) का सेन्ट थोमस अस्पतालमा कार्यरत कर्मचारीलाई जतिपटक धन्यवाद दिएपनि त्यो कम हुने बताएका छन् ।
गत आइतबार अस्पताल भर्ना भएपछि उनले पहिलो पटक वक्तव्य जारी गरेका हुन् ।कोरोनाभाइरसद्वारा संक्रमित पाइएको केही दिनपछि बोरिसलाई उपचारका लागि अस्पताल लगिएको थियो जहाँ उनलाई केही दिन अघि आइसीयूमा भर्ना गरिएको थियो ।उनको स्वास्थ्यस्थितीमा सुधार भइरहेको बताइएको छ । तर उनी स्वस्थ भइसकेको केही दिनसम्म पनि काम गर्न नसक्ने बुझिएको छ ।
यता उनको अनुपस्थितीमा विदेशमन्त्री डोमिनिकले उनको जिम्मेवारी सम्हालिरहेका छन् । Ratopati
प्रतिक्रिया