मन्त्रिपरिषद् बैठक आज बस्दै


काठमाडौं : मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो ।

तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न सकेन ।

त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।