काँग्रेसको केन्द्रीय समिति बैठक सकियो


नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आजको लागि सकिएको छ । बैठक भोलि १ बजे पुनः बस्ने गरी सकिएको हो । बैठकको पहिलो दिन प्रदेशका सभापतिहरूले धारणा राखेका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न एक जनालाई ७ मिनेटका दरले समय छुट्याइएको थियो ।

बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले स्थानीय निर्वाचन परिचालन समिति र प्रवक्ता प्रकाशशरण महतले प्रचारप्रसार समितिको प्रतिवेदन बैठकमा पेस गरेका थिए ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठक केही दिनसम्म चल्नेछ ।