काँग्रेस केन्द्रीय समिति तेस्रो बैठक सुरु


नेपाली काँग्रेसको केन्द्रीय समिति अन्तरगत बुधबार तेस्रो दिनको बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो ।

सोमबारदेखि जारी बैठकमा मंगलबारसम्म ४५ जनाले धारणा राखेका थिए । आज पनि नेताहरूले धारण राख्ने क्रम जारी रहने काँग्रेसले जनाएको छ।