निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय सुरु


प्रतिनिधिसभाको उपसभामुखका निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय सुरु भएको छ । संसद सचिवालयले तय गरेको उम्मेदवारी दर्ताको समय ११ बजेबाट सुरु भएपनि उम्मेदवारी दर्ता गर्न अहिलेसम्म साढे ११ बजेसम्म कुनै पार्टीबाट पनि उम्मेदवारी परेको छैन ।

संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सचिवालयका कर्मचारीहरु उम्मेदवारको प्रतिक्षामा बसिरहेका छन् । सचिवालयले बिहीबार दिउँसो १ बजेसम्म उम्मेदवारी मनोनयन र शुक्रबार दिउँसो ३ बजे मतदानको समय निर्धारण गरेको छ ।