मलाई पनि श्रमदानमा सहभागी हुने मन थियो तर, सकिएछ – रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले धरानका मेयर हर्क साम्पाङसँग शुक्रवार भेटवार्ता गरेका छन् ।

मेयर साम्पाङको कार्यालयमा भएको भेटमा लामिछानेले सहकार्यको प्रस्ताव पनि राखेका छन् ।

‘तपाईंलाई भेटेरै शुभकामना दिन आएको । मलाई पनि श्रमदानमा सहभागी हुने मन थियो तर, सकिएछ,’ लामिछानेलाई उद्धृत गर्दै दीपक बोहोराले फेसबुकमा लेखेका छन्, ‘जनताको एकदम अपेक्षा छ तपाईंसित, राम्रो गर्नुहोला । सहकार्य जारी रहनेछ ।’

साम्पाङ स्वतन्त्र रुपमा धरानको मेयरमा निर्वाचित भएका हुन् ।