नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ ।डिल्लीबजार कारागारमा रहेका चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलपछि पार्टीले सरकारमा नजाने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर विश्वासको मत दिए पनि तत्काल सरकारमा नजाने निर्णय गरेको पार्टीका प्रवक्ता दामोदर पण्डितले बताउनुभयो ।
उहाँका अनुसार सरकारमा सहभागी हुन पार्टीले तीन सर्त अघि सारेको छ । पहिलो सर्तमा रेशम चौधरीलगायतको रिहाइ हुनुपर्ने माग नागरिक उन्मुक्ति पार्टीले अघि सारेको छ ।
प्रतिक्रिया