काठमाडौँ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटवार्तामा नेपाल–भियतनामबीचको आपसी सम्बन्ध, द्विपक्षीय सहयोगका सम्भावित क्षेत्र तथा पारस्परिक हितका मुद्दाहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसअघि उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट समेत गर्नुभएको थियो। उपराष्ट्रपति सुआन नेपाली प्रधानमन्त्रीसँगको भेटपछि विभिन्न तहका सरकारी अधिकारीसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बुझिएको छ।















प्रतिक्रिया