काठमाडौं । माओवादी छाडेका जनार्दन शर्मा, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच नयाँ पार्टी गठनबारे छलफल भएको छ । विप्लव निवास हरिसिद्धिमा तीन नेताबीच भेटवार्ता जारी छ । नेपाल प्रगतिशील अभियानका नेता शर्मा र एकीकृत समाजवादीका महासचिव भुसाल नेकपाका महासचिव विप्लव भेट्न ललितपुरको हरिसिद्धिस्थित उनको निवास पुगेका हुन् ।
तीन नेताबीच यसअघि पनि मिलेर जाने विषयमा छलफल भइरहेको थियो । माओवादी, एकीकृत समाजवादीसहित १० वाम–समूह मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भए पनि शर्मा र भुसालले एकता प्रक्रिया स्वीकारेका छैनन् । तीनै नेताले नयाँ दल निर्वाचन आयोगमा दर्ता गरी चुनावमा जाने बताइएको छ ।














प्रतिक्रिया