प्रधानमन्त्री कार्की सबै राजनीतिक दलसँग छलफल गर्दै


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन गराउन सक्रिय भएकी छन् । त्यसका लागि उनले बुधबार सबै राजनीतिक दलहरुलाई सिंहदरबार बोलाएकी छन् ।

प्रधानमन्त्री कार्कीले सरकारका काम कारबाहीबारे जानकारी दिन निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई सिंहदरबार बोलाएकी हुन् । तथ्याकअनुसार आयोगमा हालसम्म १२५ वटा राजनीतिक दल दर्ता भएका छन् भने १८ दर्ता प्रक्रियामा छन् । प्रधानमन्त्री कार्यालयले सबै दललाई पत्र पठाएकी छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले सरकारका काम, कारबाही र प्राथमिकताका विषयमा जानकारी दिन निर्वाचन आयोगमा दर्ता भएका सबै दलहरुलाई बुधबार अपराह्न ४ बजे सिंहदरबार बोलाइएको जानकारी दिए ।

जेनजी आन्दोलनको बलमा बनेको कार्की नेतृत्वको सरकारको प्रमुख जिम्मेवारी फागुन २१ गतेको चुनाव सम्पन्न गराउनु हो । आज दलहरूसँगको छलफल पनि निर्वाचनमै केन्द्रित हुने बुझिएको छ ।

प्रमुख राजनीतिक दलले प्रधानमन्त्री चुनाव गराउन उद्यत नभएको बताउने गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले त फागुनको चुनावमा भाग नलिने बरु प्रतिनिधिसभा पुनःस्थापनामा लाग्ने घोषणा नै गरेका छन् ।