काठमाडौं । काठमाडौ महानगरपालिका क्षेत्रभित्र भूमिगत विद्युतीय लाइन विस्तार गर्ने क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुग्ने गरी निर्माण कार्य गरेको भन्दै चेतन इन्जिनियरिङ प्रालि र की इन्डस्ट्रिज लिमिटेड कारबाहीमा परेका छन् ।
काठमाडौं महानगर प्रहरी बलले दुवै निर्माण कम्पनीलाई शुक्रबार जनही पाँच लाखको दरले जरिवाना गरेको हो । यतिबेला काठमाडौंका विभिन्न सडकमा भूमिगत तार विस्तार हुँदैछ । नेपाल विद्युत प्राधिकरणले भूमिगत तार विस्तारलाई तीव्रता भएको हो । सोही क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको महानगर बलको ठहर छ ।














प्रतिक्रिया