काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न ओली महाराजगन्ज पुगेका छन् ।
ओलीको सचिवालयका अनुसार दुवै नेताबीच शुक्रबार साढे ३ बजे भेट्ने कार्यक्रम तय भएको थियो । ओली र देउवाबीच अहिले भेटवार्ता भइरहेको सचिवालय स्रोतले जनाएको छ । समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा उनीहरूबीच कुराकानी हुने बताइएको छ ।
जेनजी आन्दोलनअघिसम्म एमाले र कांग्रेसबीच सत्ता साझेदारी थियो । ओली प्रधानमन्त्री थिए । तर जेनजी आन्दोलनकै कारण कांग्रेस एमालेको सत्ता ढलेको थियो ।
माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन तय छ । आगामी निर्वाचनमा कसरी जाने भन्ने विषयमा दुवै नेताबीच छलफल हुने बुझिएको छ ।
भदौ २४ गते निवास बुढानीलकण्ठमा देउवा दम्पतीमाथि आक्रमण भएको थियो। उनी सिंगापुरबाट उपचार गराएर स्वदेश फर्केका थिए । जेनजी आन्दोलनमा देउवा र ओली दुवैले आफ्नो घर गुमाएका थिए ।














प्रतिक्रिया