काठमाडौं । धादिङ कांग्रेस सभापति रामनाथ अधिकारीले आगामी राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैमा उम्मेद्वार नबन्ने घोषणा गरेका छन् । मंगलबार धादिङबेसीमा आयोजित कांग्रेस जिल्ला समितिको बैठकमा उनले यो घोषणा गरेका हुन् ।
पूर्व कृषिमन्त्री अधिकारी ६५ वर्षका भए । उनी जिल्लामा अत्यन्तै लोकप्रिय छन् । कांग्रेसले अन्यत्र हार्दा पनि धादिङमा भने अधिकारी जितिरहन्थे । उनलाई कांग्रेसमा त्यागी र सरल नेताका रूपमा चिनिन्छ । जेनजी आन्दोलनको माग र समयको चेत बुझेर चुनाव नउठ्ने अधिकारीको निर्णयलाई धेरैले स्वागतयोग्य भनेका छन् ।
कांग्रेसमा अहिले जिल्ला जिल्लामा राष्ट्रिय सभा र प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस भइरहेको छ । क्षेत्रीय कार्यसमिति र जिल्ला समितिले निर्णय गरेर केन्द्रमा सिफारिस गरेका छन् । पूर्णबहादुर खड्का, गगन थापा, विश्वप्रकाश शर्मा, मोहनबहादुर बस्नेतलगायतका नेताको नाम एकल सिफारिस भएको छ । ८१ वर्षीय कांग्रेस सभापति शेरबहादुर देउवाले आठौंपटक डडेल्धुराबाट चुनाव लड्ने मनसाय व्यक्त गरेका छन् ।














प्रतिक्रिया