काठमाडौँ – काठमाडौंको चमती र रानिवन क्षेत्रबाट प्रहरीले ५५ किलो गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गएराति करिब ३ बजे इनड्राइभ ट्याक्सी चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला परेको हो।
प्रहरीले चमतीस्थित सडकमा इनड्राइभ ट्याक्सीमा बोकेर ल्याइँदै गरेको २३ किलो गाँजा बरामद गरेको छ। सो ट्याक्सी भारतीय नागरिक ३८ वर्षीय सोन साइमन ग्रेसेसले चलाइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा ग्रेसेसले रानिवन क्षेत्रमा होमस्टे भाडामा लिएर बस्दै आएको खुलेको छ। सोही स्थानमा खानतलासी गर्दा थप ३२ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।














प्रतिक्रिया