काठमाडौं । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटाले गम्भीर गडबडी भइरहेको आशंका गरेका छन्।बास्कोटाले आइतबार ‘फेरि गम्भीर गडबडी’ हुने आशंका देखिएको दाबी गरेका छन्।
‘फेरि केही गम्भीर गडबडीको खिचडी पाक्दै गरेका आशंका राजनीतिक बजारमा व्याप्त’, बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘ककसले के के प्राप्त गरेपछि नेपाल स्थिर हुने हो थाछैन। राष्ट्रियता र लोकतन्त्र दल, नेता र व्यक्तिभन्दा जहल्यै माथि नरहेसम्म हरेक पुस्ताले खेप्ने हैरानी उस्तै।’
पूर्वमन्त्रीसमेत रहेका बास्कोटाले यस विषयमा दैनिकजसो सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरिरहेका छन्। केही समययता निर्वाचनको मिति सार्ने खेल भइरहेको आशंका गरिएको छ । त्यस्तै, प्रतिनिधिसभा पुनःस्थापनामा एउटा शक्तिकेन्द्र लागिपरेको पनि बताइन्छ । यसैलाई लिएर नेता बास्कोटाले संकेत गरेको हुनसक्ने बताइन्छ ।












प्रतिक्रिया