बालेनलाई संसदीय दलको नेता चयन गर्न रास्वपाले बोलायो बैठक


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । रास्वपा प्रवक्ता मनिष झाका अनुसार संसदीय दलको नेताको सम्बन्धमा छलफल गर्न चैत १२ गते दिउँसो ४ बजे केन्द्रीय समिति बैठक बोलाइएको हो ।

चैत १२ गते नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथलगत्तै रास्वपाको केन्द्रीय समिति बैठक घन्टीघरमा बस्नेछ । बैठकले दलको नेतामा वरिष्ठ नेता बालेन्द्र साह बालेनलाई सर्वसम्मत चयन गरिने भएको छ । दलको नेता प्रधानमन्त्री हुने भएकाले बालेनलाई चैत १२ गते नेता चुनिने भएको छ ।

रास्वपाले वरिष्ठ नेता बालेनलाई नै प्रधानमन्त्री बनाउने यसअघि नै घोषणा गरेको छ । बालेनले चैत १३ गते रामनवमीको दिन प्रधानमन्त्री पदको शपथ लिने तयारी छ ।