सुकुम्बासीलाई यस्तो सुविधा सम्पन्न भवनमा राख्दै बालेन


काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका सुकुम्वासीलाई नागार्जुन (इचंगुनारायण) स्थित सरकारी भवनमा सारिने भएको छ। काठमाडौं महानगरपालिकाका अनुसार नदी किनारबाट हटाइएका नागरिकलाई सुरुमा होल्डिङ सेन्टरमा राखेर वास्तविक पीडित पहिचान गरिने र छानबिनपछि मात्र आवासको व्यवस्था मिलाइनेछ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला इचंगुनारायणमा सुकुम्बासीलाई राख्ने भन्दै सरकारी भवन बनाइएको थियो । तर त्यो भवन अहिलेसम्म प्रयोगमा आउन सकेको थिएन । तर प्रधानमन्त्री बालेन्द्र शाह बालेन भने यसपटक नदी किनाराका गन्हाउने झुपड बस्तीबाट इचंगुनारायणस्थित सुविधासम्पन्न अपार्टमेन्टमा सुकुम्बासीलाई स्थानान्तरण गर्ने तयारीमा लागेका छन् ।

काठमाडौं उपत्यकाका नदी किनारमा विभिन्न जिल्लाबाट आएका नागरिक बसेका छन् । गाउँगाउँमा बस्ती खाली भएको भन्दै स्थानीय सरकारले गाउँमा भएको खाली बस्तीलाई खरिद गरेर आआफ्नो क्षेत्रका सुकुम्बासीहरूलाई बसोबास गराउने भएका छन् । यसको लागि केन्द्र सरकारले बजेटको व्यवस्था गर्नेछ । सुकुम्बासीको ओरिजिन जुन पालिकामा हो केन्द्र प्रदेश र जिल्लाले ततठाउँमा पठाउने तयारी छ ।