काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुमवासी र गरिबको पक्षमा उभिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । सरकारले देशभरबाट सुकुम्वासी बस्ती हटाउने अभियान चलाइरहँदा हर्कले सुकुमवासीलाई संगठित गर्ने अभियानमा लाग्न पार्टीपंक्तिलाई समेत निर्देशन दिएका हुन् ।
‘देशैभरका सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध छ,’ उनले भनेका छन् । हर्कले यो देश गरिबको पनि भएको भन्दै सुकुम्वासी र अव्यवस्थित बसोबासी एकता अभियानको संयोजन श्रम संस्कृति पार्टी पार्टीले गर्ने बताएका छन् ।
‘सुकुम्वासी तथा अव्यवस्थित बसोबासी हो होसियार रहनु है, संगठित भई बस्नु, सरकारको चाला ठिक छैन । श्रम संस्कृति अभियन्ता हो निर्धा दुब्ला र गरिबहरूको पक्षमा उभिनु,’ उनले भनेका छन् । हर्कले सरकारले जे निर्णय गर्छ त्यसको ठीक विपरीत ढंगले आफूलाई उभ्याउने प्रयत्न गरिरहका छन् ।














प्रतिक्रिया