काठमाडौं । सरकारले गैरआवासीय नेपाली परिचय पत्र प्राप्तिमा कडाई गरेको छ । एकपटकको नेपाली सधैंको नेपाली भन्ने विगतको नारालाई वर्तमान सरकारले खारेज गर्दै सरकारले एनआरएन कार्ड लिन चाहनेको हकमा नागरिकता ऐनअनुसार काम गर्न निर्देशन दिएको छ ।
परराष्ट्र मन्त्रालयले नेपाली नागरिकता त्यागेको प्रमाण पत्र पेस गरेकालाई मात्र एनआरएन कार्ड दिन सबै नियोगहरूलाई पत्राचार गरेको छ । विगतका सरकारले नेपादी नागरिकता त्यागेको प्रमाणपत्र पेस नगर्नेलाई पनि सजिलै एनआरएन कार्ड दिने गरेका थिए । तर नयाँ सरकारले नेपाली नागरिकता त्याग गरेको प्रमाण चाहिने व्यवस्था गरेको छ ।
‘नेपाली मूलको विदेशी नागरिकको हैसियतमा गैरआवासीय नेपाली परिचय पत्रका लागि निवेदन दिने (साविकमा स्वयम् नेपाली नागरिक रही पछि अन्य मुलुकको नागरिकता लिएको) व्यक्तिको सम्बन्धमा गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले नेपालको नागरिकता लिएको भए सो नागरिकता परित्याग गरेको प्रमाणपत्र पेश गर्नुपर्ने प्राबधान नेपाल नागरिकता ऐन २०६३ को दफा ७ (क) उपदफा २ को (ख) मा व्यबस्था गरिएको हुँदा गैरआवासीय नेपाली परिचयपत्र जारी गर्ने सम्बन्धमा समेत सोही व्यवस्था हुन अनुरोध छ,’ मन्त्रालयका सहसचिव पुष्षराज भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।














प्रतिक्रिया