काठमाडौं l संसद अधिवेशन स्थगन गरेर सरकारले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश अघि बढाएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कडा आपत्ति जनाएको छ।
राप्रपाका प्रमुख सचेतक माननीय खुश्बु ओली ले जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत महत्वपूर्ण विषयहरू अघि बढाइनु संसदीय अभ्यासमाथिको गम्भीर हमला भएको बताउनुभएको छ। उहाँका अनुसार स्पष्ट बहुमत भएको सरकारले संसद छलेर अध्यादेशको बाटो रोज्नु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हो।
उहाँले संवैधानिक परिषद जस्तो महत्वपूर्ण निकाय र सहकारी क्षेत्रजस्तो जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय संसदमा छलफल नगरी अध्यादेशमार्फत अघि बढाउनु उचित अभ्यास नभएको उल्लेख गर्नुभयो।
प्रमुख सचेतक ओलीले प्रतिपक्षको हैसियतमा संसद निष्क्रिय बनाउने यस्ता प्रवृत्तिको कडा विरोध गर्दै संसद सशक्तीकरणको आवश्यकता औंल्याउनुभएको छ।
यस विषयमा सरकारको औपचारिक धारणा भने अझै सार्वजनिक भएको छैन।
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक माननीय खुशबु ओलीले आफ्नो फेसबुक वालमा यस्तो लेख्नुभएको छ।















प्रतिक्रिया