काठमाडौं l नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा युवा पुस्ताको धारणा बुझ्न जेनजी (Generation Z) अगुवासँग छलफल गर्ने भएको छ। कांग्रेसले जनाएको अनुसार छलफल आज आइतबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुनेछ।
संविधान संशोधन अध्ययन तथा सुझाव पेस गर्न गठन गरिएको समितिले राय–सुझाव संकलन गर्ने उद्देश्यले १८ जना जेनजी अगुवालाई निमन्त्रणा पठाएको हो।
छलफलमा कांग्रेसका सभापति गगन थापा, संविधानविद् तेजमान श्रेष्ठ, प्राडा. कृष्ण खनाललगायतको सहभागिता रहने जनाइएको छ। युवा पुस्ताका धारणा र सुझावलाई संविधान संशोधनको प्रक्रियामा समेट्ने उद्देश्यले यो संवाद आयोजना गरिएको कांग्रेसले जनाएको छ।
















प्रतिक्रिया