म बदमास विद्यार्थी जस्तो छु’ भन्दै संसदबाट बाहिरिए हर्क साम्पाङ ले प्रधानमन्त्री बालेन शाह सदनमा अनुपस्थित रहेको भन्दै बुधबार प्रतिनिधि सभा बैठक बहिस्कार गरेका छन्। प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुख डोल प्रसाद (डीपी) अर्याल ले रुलिङ नगरेको भन्दै उनले बैठक छाडेका हुन्।
बैठक सुरु हुनेबित्तिकै साम्पाङले प्रतिनिधि सभा नियमावली–२०७९ अनुसार आफूलाई बैठकबाट बाहिर निकाल्न वा प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन माग गरेका थिए। तर मागअनुसार रुलिङ नभएपछि उनी झोला बोकेर बैठक हलबाट बाहिरिएका थिए। यद्यपि, उनको पार्टीका अन्य सांसद भने बैठकमै सहभागी रहे।
















प्रतिक्रिया