कोशी प्रदेश सभामा तनाव, पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास


विराटनगरमा l बुधबार बसेको कोशी प्रदेश सभाको बैठक तनावपूर्ण बनेको छ। प्रतिपक्षी दलहरूको विरोधका बीच सभामुख अम्बरबहादुर विष्ट ले बैठक सञ्चालन गर्न खोजेपछि पूर्वमुख्यमन्त्री राजेन्द्र राई रोस्ट्रमतर्फ पुगेका थिए।

सांसदहरूको सिटबाट उठेर रोस्ट्रममा पुगेका उनले माइक फाल्ने प्रयास गरेको बताइएको छ। त्यसक्रममा मर्यादा पालकहरूले हस्तक्षेप गरी उनलाई रोकेका थिए र रोस्ट्रमबाट तल झारेका थिए।

घटनापछि प्रदेश सभामा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको जनाइएको छ।