काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका सन्दर्भमा तयार गरिएको प्रतिवेदन सार्वजनिक गरेको छ।गत भदौ २३ र २४ गते भएको आन्दोलनबारे आयोगले छुट्टै अध्ययन गरिरहेको थियो। उक्त अध्ययन प्रतिवेदनका निर्णय तथा सरकारलाई गरिएको सिफारिसका केही बुँदा सार्वजनिक गरिएको हो।
‘गत २०८२ भदौ २३ र २४ गतेको नवयुवा आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लङ्घनका घटनाबारे आयोगको २०८३ जेठ १२ गते बसेको बैठकले निर्णय तथा सिफारिस गरेको छ। सिफारिस कार्यान्वयनका लागि नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरिएको छ,’ आयोगका प्रवक्ता टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगका अनुसार घटनाको अनुसन्धान गर्न गठित समितिले प्रतिवेदन बुझाइसकेको छ भने त्यसउपर गरिएको निर्णय तथा सिफारिसको विस्तृत विवरण पनि सार्वजनिक गरिएको छ।















प्रतिक्रिया