काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात वटा विषयगत उपसमिति गठन गरेको छ।
बिहीबार राति सम्पन्न प्रतिष्ठानको बैठकले अर्थतन्त्र, जलवायु परिवर्तन, युवा मुद्दा, बाल अधिकार तथा श्रमिकका समस्या लगायत विषयमा केन्द्रित रहेर उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो।
प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विश्वप्रकाश शर्मा को सभापतित्वमा बसेको बैठकमा पार्टी सभापति गगन थापा पनि सहभागी थिए।
नवगठित उपसमिति र संयोजक
१. अर्थ योजना : पार्टीको नीति, दृष्टि र योजना उपसमिति
संयोजक – गोविन्दराज पोख्रेल
(निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारी लगायत समग्र वित्तीय क्षेत्र)
२. जलवायु परिवर्तन सचेतना उपसमिति
संयोजक – रोशनी गिरी
(हिमालमा परेको असर न्यूनीकरणदेखि वातावरण संरक्षण अभियानसम्म)
३. नवयुवा भावना, मुद्दा र अन्तरपुस्ता संवाद तथा समन्वय उपसमिति
संयोजक – मीनबहादुर भाम
(जेनजीदेखि ‘अल्फा’ पुस्तासम्मका मुद्दा र नागरिक समाजसँग संवाद)
४. अनौपचारिक क्षेत्रका श्रमिक : नीति र न्याय सम्बन्धी उपसमिति
संयोजक – महेन्द्र यादव
५. बाल अधिकार उपसमिति
संयोजक – उमंग लोहनी
(बाल श्रमदेखि समग्र बालअधिकार संरक्षण अभियानसम्म)
६. सार्वजनिक सेवा प्रवाह : नीति र थिती संवाद उपसमिति
संयोजक – गोपालप्रसाद पोख्रेल
७. गैर सरकारी संस्था नीति संवाद र समन्वय उपसमिति
संयोजक – अञ्जु झा
















प्रतिक्रिया