काठमाडौं l राष्ट्रिय सद्भावना पार्टी नेपाली कांग्रेसमा औपचारिक रूपमा समाहित भएको छ। आइतबार नेपाली कांग्रेस को केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापा र सद्भावना पार्टीका अध्यक्ष अनिल झा बीच समायोजन सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो।
अनिल झा यसअघि फागुन २१ गते सम्पन्न निर्वाचनमा रौतहट–१ बाट नेपाली कांग्रेसकै तर्फबाट उम्मेदवार बनेका थिए।समायोजन सहमति कार्यक्रममा कांग्रेसका महामन्त्री प्रदीप पौडेल सहित दुवै दलका नेताहरूको उपस्थिति रहेको थियो।
यस समायोजनसँगै राष्ट्रिय सद्भावना पार्टीका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसको संगठनात्मक संरचनाभित्र समाहित हुने भएका छन्। यो कदमलाई कांग्रेसले आफ्नो राजनीतिक आधार विस्तार तथा समान विचारधाराका शक्तिहरूलाई एकीकृत गर्ने प्रयासका रूपमा लिएको छ।
















प्रतिक्रिया