काठमाडौं l नेकपा (एमाले) का युवा तथा विद्यार्थी संगठनहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आज संसद बैठकमा जवाफ दिने क्रम्मा नेपालले पनि भारतको भुमि मिचेको छ भन्ने अभिव्यक्तिको विरोधमा काठमाडौंमा मशाल जुलुस प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक र राष्ट्रिय संवेदनशीलतासँग जोडिएको भन्दै नाराबाजीसहित विरोध कार्यक्रम गरेका थिए। जुलुसका क्रममा उनीहरूले सरकारविरुद्ध नाराहरू लगाउँदै अभिव्यक्तिको औपचारिक स्पष्टीकरण माग गरेका छन्।
यसअघि पनि सो अभिव्यक्तिलाई लिएर विभिन्न राजनीतिक दलका नेता तथा सांसदहरूले आलोचना गर्दै आएका छन्।
















प्रतिक्रिया