जेनेभामा नेपाल–मौरिसस श्रम सहकार्यबारे उच्चस्तरीय भेटवार्ता


काठमाडौं l अन्तर्राष्ट्रिय श्रम सम्मेलन २०२६ का क्रममा नेपाली युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव ले मौरिससका श्रम तथा औद्योगिक सम्बन्ध मन्त्री मुहम्मद रेजा कासम उतीम सँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा नेपाल र मौरिसस बीच श्रम गतिशीलता, सीप विकास, रोजगारीका अवसर, श्रमिक कल्याण तथा दुई देशबीच रहेको समझदारीपत्र (एमओयू) नवीकरणका विषयमा सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको थियो।

दुवै पक्षले सुरक्षित, नियमित र मर्यादित श्रम आप्रवासनलाई प्रवर्द्धन गर्दै श्रमिक र रोजगारदाताको पारस्परिक हित सुनिश्चित गर्न सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए। साथै, श्रम क्षेत्रको अनुभव आदानप्रदान र आपसी सम्बन्ध थप मजबुत बनाउने विषयमा समेत सहमति भएको बताइएको छ।