काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको लोगोमा पार्टीको चुनाव चिह्न ‘घण्टी’लाई प्रमुख रूपमा समेटिएको छ। लोगोमा पार्टी सभापति रवि लामिछाने सहित पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाहको तस्बिर समावेश गरिएको छ, जसले पार्टीको अभियान, एकता र जनसहभागिताको सन्देश झल्काउने प्रयास गरेको देखिन्छ।
लोगोमा ‘प्रथम राष्ट्रिय महाधिवेशन’ उल्लेख गरिएको छ भने महाधिवेशन २०८३ असार ७, ८ र ९ गते चितवन मा आयोजना हुने जानकारी पनि समावेश गरिएको छ।
रास्वपाले यस महाधिवेशनलाई आफ्नो संगठनात्मक सुदृढीकरण, भावी नेतृत्व चयन तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने ऐतिहासिक अवसरका रूपमा प्रस्तुत गरेको छ। पार्टीका अनुसार महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ।

















प्रतिक्रिया