पूर्वसभामुख कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग


काठमाडौं l नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै पार्टीको सक्रिय जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन्।

महराले आफू अब पार्टीको सक्रिय जिम्मेवारीमा नरही साधारण सदस्यका रूपमा रहने घोषणा गरेका हुन्। लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका उनले स्वास्थ्य अवस्थाका कारण सक्रिय राजनीतिक तथा संगठनात्मक जिम्मेवारी निर्वाह गर्न कठिन भएको उल्लेख गरेका छन्।

महरा नेपाल कम्युनिस्ट आन्दोलनका लामो समयदेखि सक्रिय नेता हुन्। उनी पूर्वसभामुखका साथै विभिन्न समयमा मन्त्री तथा पार्टीका महत्वपूर्ण जिम्मेवारीमा समेत रहेका थिए। उनको यो निर्णयलाई पार्टीभित्र महत्वपूर्ण राजनीतिक घटनाका रूपमा हेरिएको छ।