रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने भएका छन्।

शाह रास्वपाका वरिष्ठ नेताको हैसियतमा महाधिवेशनमा उपस्थित हुने र सोही जिम्मेवारीमा रहने उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रधानमन्त्री शाह महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन चितवन जाने कार्यक्रम तय भएको छ। उद्घाटन सत्रपछि उनी महाधिवेशनस्थलमा कति समय रहने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन।