चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता Balen Shah ले आफ्नो नेतृत्वको सरकार लोकल नभई एक्सप्रेस गाडीजस्तै स्पष्ट गन्तव्यतर्फ अघि बढिरहेको बताएका छन्।
रास्वपाको प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले सरकारलाई एक्सिलेटरसँगै ब्रेक पनि आवश्यक पर्ने सुझावमाथि प्रतिक्रिया जनाउँदै यस्तो धारणा राखेका हुन्।
उनले भने, “सरकार भनेको गाडीजस्तो हो, ब्रेक पनि लगाउनुपर्छ भनेर धेरैले चिन्ता व्यक्त गर्नुभएको छ। लोकल रोडहरूमा हिँड्दाखेरि यो ठीक कुरा हो। तर हाम्रो पार्टी लोकल होइन, एक्सप्रेस गाडी हो। यो गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ। गन्तव्यभन्दा अगाडि ब्रेक लगाउनुपर्दैन। यो अनियन्त्रित पनि छैन।”
प्रधानमन्त्री शाहले सरकार स्पष्ट लक्ष्य, योजना र प्रतिबद्धताका साथ अघि बढिरहेको उल्लेख गर्दै विकास, सुशासन र जनअपेक्षा पूरा गर्ने दिशामा तीव्र गतिमा काम भइरहेको बताए। उनले सरकारको गति नियन्त्रणबाहिर नभई निश्चित गन्तव्य प्राप्तितर्फ केन्द्रित रहेको स्पष्ट पारे।
रास्वपाको प्रथम महाधिवेशन चितवनमा सुरु भएको छ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ। उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो।

















प्रतिक्रिया