चितवन । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गहना थापा ले नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको सम्बन्ध प्रतिस्पर्धाको रहेको, दुश्मनीको नभएको बताएका छन्।
सम्बोधनका क्रममा उनले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गर्दै कांग्रेस रास्वपाको प्रतिस्पर्धी दल भएको बताए।
“नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी प्रतिस्पर्धा गर्ने हो। हामी अग्लो हुन चाहन्छौं। तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ। हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं। बन्छौं पनि एक दिन,” थापाले भने।
उनले कांग्रेस आफूलाई बलियो बनाउन र जनताको विश्वास जित्न प्रतिस्पर्धा गर्न चाहेको स्पष्ट पार्दै रास्वपालाई कमजोर बनाएर वा उसको ‘खुट्टा काटेर’ आफूहरू अगाडि बढ्न नचाहेको बताए।
थापाको भनाइले लोकतान्त्रिक प्रतिस्पर्धा, सहअस्तित्व र राजनीतिक शिष्टाचारको सन्देश दिएको सहभागीहरूले बताएका छन्। रास्वपाको महाधिवेशनमा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि सहकार्य र स्वस्थ प्रतिस्पर्धाको आवश्यकता औंल्याएका छन्।

















प्रतिक्रिया