रास्वपा केन्द्रीय सदस्यमा मन्त्री पोखरेलको उम्मेदवारी


रास्वपा केन्द्रीय सदस्यमा मन्त्री पोखरेलको उम्मेदवारी

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केन्द्रीय सदस्यका रूपमा पार्टीको सिद्धान्त, मूल्य, मान्यता र अभियानलाई अझ सशक्त बनाउन योगदान गर्ने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।

“राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु,” भन्दै पोखरेलले पार्टी संगठनलाई थप मजबुत बनाउन आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्रमा विभिन्न प्रतिवेदनहरू पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने कार्यक्रम छ। सोही निर्वाचनमार्फत नयाँ केन्द्रीय नेतृत्व चयन गरिनेछ।