भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि बरुण कुमार झाले उम्मेदवारी दर्ता गराएका छन ।
झाले पार्टीलाई अझ सशक्त, समावेशी र जनउत्तरदायी बनाउने उद्देश्यसहित उम्मेदवारी दर्ता गराइएको जनाइएको छ। रास्वपाको पहिलो महाधिवेशनमा केन्द्रीय समिति गठन प्रक्रिया जारी छ। विभिन्न पदहरूमा नेताहरूले उम्मेदवारी दर्ता गरिरहेका छन्, जसले महाधिवेशनलाई प्रतिस्पर्धात्मक बनाएको छ।
पार्टीको संगठनात्मक संरचना विस्तार र नेतृत्व चयन प्रक्रियासँगै रास्वपाको महाधिवेशन अगाडि बढिरहेको छ।

















प्रतिक्रिया