काठमाडौं । नेपाली काग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण अभियानका लागि देशभरका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
पार्टीले यसपटक सदस्यता वितरण अभियानमा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अभियानलाई प्रभावकारी, व्यवस्थित तथा पारदर्शी बनाउन प्रतिनिधिहरू तोकिएका हुन्। खटाइएका केन्द्रीय प्रतिनिधिहरूले सम्बन्धित जिल्लामा पुगेर सदस्यता वितरण, समन्वय, सहजीकरण तथा आवश्यक व्यवस्थापनको जिम्मेवारी निर्वाह गर्नेछन्।
पार्टीले सबै प्रतिनिधिलाई असार २० गतेभित्र सम्बन्धित जिल्लामा उपस्थित भई आफ्नो जिम्मेवारी सम्हाल्न निर्देशन दिएको जनाएको छ। यो अभियानलाई कांग्रेसले आगामी महाधिवेशनको तयारी तथा संगठन सुदृढीकरणको महत्वपूर्ण चरणका रूपमा लिएको छ।

















प्रतिक्रिया