सह-महामन्त्रीमा उम्मेदवारी दिएका हरि ढकालले प्रतिनिधिहरू सग मागे पुनः साथ र समर्थन


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्य हरि ढकालले पार्टीको प्रथम महाधिवेशनमा आफूलाई केन्द्रीय सदस्यमा निर्वाचित गराएकोमा प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

ढकालले देशभर तथा प्रवासबाट सहभागी प्रतिनिधिहरूले आफूलाई दिएको विश्वास, माया र समर्थनकै कारण केन्द्रीय सदस्यमा निर्वाचित हुन सफल भएको बताएका छन्। महाधिवेशन प्राविधिक कारणले केही दिन लम्बिँदा पनि प्रतिनिधिहरूले देखाएको धैर्यता, अनुशासन र पार्टीप्रतिको समर्पणप्रति उनले कृतज्ञता व्यक्त गरेका छन्।

उनले प्रतिनिधिहरूको यही विश्वास र ऊर्जाले रास्वपालाई अझ सुदृढ, व्यवस्थित र जनताप्रति उत्तरदायी संगठनका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।

ढकालले अब दोस्रो चरणको निर्वाचनमा सह-महामन्त्री पदका लागि उम्मेदवारी दिएको जानकारी दिँदै पहिलो चरणमा प्राप्त गरेको समर्थन दोस्रो चरणमा पनि कायम रहने अपेक्षा व्यक्त गरेका छन्।

“यो केवल एउटा पदको प्रतिस्पर्धा होइन, सक्षम संगठन निर्माण र पार्टीलाई अझ मजबुत बनाउने साझा अभियान हो,” उनले भनेका छन्। ढकालले उक्त अभियानलाई सफल बनाउन प्रतिनिधिहरूको साथ, समर्थन र विश्वासको अपेक्षा गरेका छन्।