रास्वपाको महामन्त्रीबाट तीनजनाले उम्मेदवारी फिर्ता लिएपछि विपिन–मनिषबीच कडा प्रतिस्पर्धाको संकेत


भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको प्रतिस्पर्धा अब रोचक बनेको छ। प्रमोद न्यौपाने, कबिन्द्र बुर्लाकोटी र गणेश पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर विपिन कुमार आचार्यलाई समर्थन गर्ने घोषणा गरेपछि महामन्त्री पदमा विपिन आचार्य र मनिषबीच कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।

उम्मेदवारी फिर्ता र समर्थनको निर्णयले महामन्त्री पदको चुनावी समीकरणमा महत्वपूर्ण परिवर्तन आएको छ। प्रतिनिधिहरूको मत कसको पक्षमा बढी केन्द्रित हुन्छ भन्ने विषयले अब चुनावको नतिजा निर्धारण गर्नेछ।

रास्वपाको नयाँ नेतृत्व चयनका लागि जारी महाधिवेशनमा महामन्त्री पदलाई सबैभन्दा बढी चासोका साथ हेरिएको प्रतिस्पर्धामध्ये एक मानिएको छ।