रास्वपाको पदाधिकारी निर्वाचन सुरु, विभिन्न पदमा कडा प्रतिस्पर्धा


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ। चितवनमा जारी महाधिवेशनमा प्रतिनिधिहरूले नयाँ पदाधिकारी चयन गर्न मतदान गरिरहेका छन्।

महिला उपसभापति पदका लागि सोविता गौतमतोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा भइरहेको छ।

महामन्त्री पदका लागि विपिन कुमार आचार्य, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्।

पुरुष सहमहामन्त्री पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त प्रतिस्पर्धामा छन्।

त्यस्तै, महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना (विदुषी) शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा उम्मेदवार बनेका छन्।

रास्वपाको नयाँ नेतृत्व चयनका लागि जारी यो निर्वाचनको नतिजालाई पार्टीभित्र मात्र नभई राष्ट्रिय राजनीतिक वृत्तमा पनि चासोका साथ हेरिएको छ।