रास्वपाको महामन्त्रीमा विपिन आचार्य विजयी, मनिष झाको बधाई


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदमा विपिन आचार्य विजयी भएका छन्। उनले प्रतिस्पर्धी मनिष झालाई पराजित गर्दै महामन्त्री पदमा निर्वाचित भएका हुन्।

निर्वाचन परिणाम सार्वजनिक भएपछि मनिष झाले लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्दै विजयी उम्मेदवार विपिन आचार्यलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिएका छन्।

उनले आफ्नो पक्षमा परिणाम नआए पनि पार्टीको एकता, संस्थागत सुदृढीकरण र साझा उद्देश्यका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, नवनिर्वाचित नेतृत्वलाई पार्टीलाई अझ सशक्त र प्रभावकारी बनाउन सफलताको शुभकामना दिएका छन्।